दफा २१४
प्रत्यर्थीलाई म्याद तामेल गर्ने

(१) दफा २१३ को उपदफा (३) बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएमा पुनरावेदन सुन्ने अदालतले प्रत्यर्थीको नाउँमाबाटोको म्यादबाहेक पन्ध्र दिनभित्र उपस्थित हुन अनुसूची–२२ बमोजिमको ढाँचामा म्याद तामेल गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुन्ने अदालतले चाहेमा उपदफा (१) बमोजिमको म्यादआफैँले वा शुरु मुद्दा फैसला गर्ने अदालत मार्फत परिच्छेद–८ बमोजिमको रीत पुर्याई तामेल गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम म्याद तामेल भएपछि प्रत्यर्थीले चाहेमा पुनरावेदन सुन्ने अदालतमा लिखित प्रतिवाद पेश गर्नसक्नेछ ।
(४) प्रत्यर्थीले चाहेमा अदालतले निजलाई तारिखमा राखी मुद्दामा कारबाही, सुनुवाई र किनारा गरिनेछ ।